घरेलु मैदानमा चेल्सीको जित


११ फाल्गुन २०७८, बुधबार
Chealsea 3TsoN51IN9

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत मंगलबार राति भएको अन्तिम १६ को पहिलो लेगमा चेल्सीले लिलेमाथि २-० गोल अन्तरको जित हात पारेको छ ।

घरेलु मैदानको फाइदा उठाउँदै चेल्सीले खेलको आठौं मिनेटमा नै गोल गर्दै खाता खोलेको थियो । चेल्सीका काइ हाभेट्र्जले गोल गर्दै टोलीलाई अग्रता दिलाएका हुन् ।

खेलको ६३ औं मिनेटमा क्रिस्टियन पुलिसिकले अर्को गोल थप्दै अग्रता दोब्बर पारे । यससँगै चेल्सी क्वार्टरफाइनलमा पुग्न बलियो अवस्थामा देखिएको छ । चेल्सी र लिलेबीचको दोस्रो लेगको खेल मार्च १७ मा हुनेछ । यो खेलले माथिल्लो चरणमा जाने टोली टुंगो लगाउनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७