जर्मनीले रोक्यो रुसको प्रमुख ग्याँस पाइपलाइन परियोजना


११ फाल्गुन २०७८, बुधबार
russia troops OnclYVbJY0

काठमाडौं । जर्मनीले रुसी प्रमुख ग्याँस पाइपलाइन परियोजना रोक्ने निणर्य गरेको छ । रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनका दुई क्षेत्रलई स्वतन्त्र राज्यको मान्यता दिँदै उक्त क्षेत्रमा सेना परिचालन गर्ने निणर्य गरेसँगै जर्मनीले ग्याँस पाइपलाइन रोकेको हो ।

जर्मनीले रोकेको नर्ड स्ट्रिम २ पाइपलाइन रुसबाट जर्मनीमा ग्याँस आपूर्तिका लागि बनाउन लागिएको हो । नर्ड स्ट्रिम २ परियोजाको विभिन्न मुलुकले आलोचना गर्दै आए पनि जर्मनीले भने सहयोग गर्दै आएको थियो । यो परियोजनाको लागि करिब १० अर्ब युरोबराबरको लगात आवश्यक पर्ने अनुमान छ । लगानी रुस र पश्चिमा ऊर्जा कम्पनीहरुले गर्ने योजना थियो ।

युक्रेनका विदेशमन्त्री दिमित्रो कुलेबाले जर्मनीको यो कदमको स्वागत गरेका छन् । उनले अहिलेको अवस्थामा राजनीतिक र अभ्यासगतरुपमा यो कदम सही भएको उल्लेख गरेका छन् । उनले भनेका छन्, ‘सही नेतृत्वले कठिन परिस्थितिमा कठिन निणर्य गर्छ । यो कुरा जर्मनीले चालेको कदमले पुष्टि गरेको छ ।’ युरोपमा प्रयोग हुनेमध्ये ४० प्रतिशत ग्याँस रुसबाट आउने गरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७