बुर्किना फासोको सुनखानी क्षेत्रमा विष्फोट हुँदा ६० जनाको मृत्यु


११ फाल्गुन २०७८, बुधबार
burkina faso gold mine

काठमाडौं । बुर्किना फासोको दक्षिण-पश्चिमी भागमा अवस्थित एक गाउँको सुनखानी क्षेत्रमा भएको शक्तिशाली विष्फोटनमा कम्तीमा ६० जनाको ज्यान गएको छ । प्रत्यक्षदर्शीहरूकाअनुसार खानी नजिकको बजारमा डाइनामाइट भण्डार गरिएको स्थानमा आगलागी भएपछि विष्फोट भएको हो ।

दर्जनौं घाइतेलाई गाओआ क्षेत्रीय अस्पताल केन्द्रमा उपचारका लागि भर्ना गरिएका छन् । समाचार एजेन्सी एएफपीअनुसार मारिनेमा महिला तथा बालबालिका पनि रहेका छन् । सोमबार भएको यस दुर्घटनामाथि गम्भीर अनुसन्धान सुरु भइसकेको छ ।

बुर्किना फासो अफ्रिकाकै सबैभन्दा ठूलो सुन उत्पादक मुलुकमध्ये एक हो । अधिकांश सुनखानी अन्तर्राष्ट्रिय कम्पनीबाट सञ्चालित छन् । तर, नीति नियम मिचेर गैर कानुनी ढङ्गले व्यक्ति विशेषले पनि यस्ता खानी चलाउने गरेका छन् ।

पश्चिम अफ्रिकाका बीबीसी पत्रकार निकोलस नेगोसले सन् २००९ देखि बुर्किना फासोमा कपासलाई उछिनेर सुन प्रमुख निर्यातक वस्तु बनेको जनाएका छन् । यस मुलुकको वार्षिक सुन उत्पादन परिमाण २०२० मा ५४ र २०१९ मा ४५ टन रहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७