रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको बाइडेनको आरोप


११ फाल्गुन २०७८, बुधबार
biden 3UJM8aSInG

काठमाडौं । अमेरिकी राष्ट्रपति जो बाइडेनले रुसले अन्तर्राष्ट्रिय कानुन उल्लंघन गरिरहेको आरोप लगाएका छन् । पछिल्लो समय युक्रेनको विषयमा विकसित घटनाक्रमलाई उनले ‘युक्रेनमाथि रुसको आक्रमणको सुरुवात’ को संज्ञा दिएका छन् ।

बाइडेनले पुटिनलाई युरोपको सुरक्षाबारे वार्ता गर्न कुनै रुचि नभएको आरोप लगाएका छन् । उनले भने, ‘नेटोका सदस्यहरुसँग हामीले वार्ता गरेका छौं र हाम स्थिरता आओस् भन्ने चाहन्छौं ।’ उनले थपे, ‘हामीले अवस्थालाई नियालिरहेका छौ ं। रुसले विश्वभरबाट पाउँदै आएको वित्तीय सहायता रोक्ने प्रयास गरिने छ ।’

बाइडेनले अमेरिकाले रुसमाथि प्रतिबन्धको घोषणा गर्नेसमेत उल्लेख गरेका छन् । उनले आफ्नो रुससँग द्वन्द्वको कुनै पनि मनसाय नरहेको स्पष्ट पारेका छन् । साथै सैन्य गठबन्धन नेटोमा आबद्ध मुलुकको १/१ इन्च जमिनको रक्षा गरिने बताएका छन् । बाइडेनले अब रुसको बोलीभन्दा पनि उसको काममा मात्र विश्वास गरिने उल्लेख गरेका छन् । बाइडेनले युक्रेनलाई थप सैन्य सहायता र रक्षा सहायता पठाउने घोषणा गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७