आन्तरिक सडक निर्माण धमाधम


११ फाल्गुन २०७८, बुधबार
kalopatre 1
फाइल फोटो

जाजरकोट । जाजरकोटमा आन्तरिक सडक निर्माणको काम धमाधम भइरहेको छ । गाउँ-गाउँमा सडक पहुँच विस्तार गर्न आर्थिक वर्ष २०७८/७९ मा भौतिक पूर्वाधार कार्यालयले २९ आन्तरिक सडक निर्माण थालेको छ ।

कार्यालयले आव २०७७/७८ मा १६५ किलोमिटर सडक निर्माण गरेको थियो । सो आवमा ३९ वटा सडक निर्माण अघि बढाएको थियो । सो क्रममा तीन भोलुङ्गे पुल निर्माण गरिएका छन् । जनता आवास कार्यक्रम अन्तर्गत १७३ विपन्न परिवारका लागि घरसमेत निर्माण गरिएको पूर्वाधार विकास कार्यालयका प्रमुख प्रवीण कार्कीले जानकारी दिए ।

आव २०७६/७७ मा कार्यालयलको चालुतर्फ ६६ प्रतिशत र पूँजीगततर्फ २१ प्रतिशत प्रगति विवरण रहेको छ । आव २०७७/७८ मा चालुतर्फ ७९ प्रतिशत र पूँजीगत ७१ प्रतिशत प्रगति भएको थियो । चालु आवको दोस्रो चौमासिकसम्म चालुतर्फ ४५ प्रतिशत र पूँजीगततर्फ नौ प्रतिशत मात्र प्रगति हासिल भएको कार्कीको भनाइ छ ।

१५ लाखभन्दा कमका योजना कार्यान्वन नगर्न मुख्यमन्त्री कार्यालयले पत्राचार गरेपछि केही योजनाको काम रोकिएको छ । विभिन्न ठाउँमा पक्की पुलको काम जारी छ । कार्यालयमा कर्मचारी अभावका कारण तोकिएको समयमा काम गर्न नसकिएको कार्की बताउँछन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७