कलाकार जयनन्द लामाको निधन


११ फाल्गुन २०७८, बुधबार
jayananda lama yQ3rRKZ2ow

काठमाडौं । लोकगायक तथा कलाकार जयनन्द लामाको निधन भएको छ । लामो समय लोक गीत- संगीतको विधामा अध्ययन तथा अनुसन्धान गरेका उनको निधन भएको हो । उनी अभिनित टेलिसिरियल हल्का रमाइलोका निर्देशक मरिचमान श्रेष्ठ (बल्छी धुर्बे) ले लामाको निधन भएको जानकारी दिएका छन् ।

सिन्धुपाल्चोकको बाह्रबिसेमा जन्मिएका लामाले थुप्रै मौलिक लोकगीत गाउनुका साथै चलचित्र र टेलिश्रृंखलामा अभिनय समेत गरेका छन् । सर्जक तथा श्रष्टाहरुले उनको निधनले नेपाली लोकगीत संगीतको क्षेत्रमा अपूरणीय क्षति पुगेको बताएका छन् ।

गायनसँगै उनी अभिनयमा पनि सक्रिय थिए । उनले दर्जनौं चलचित्रमा अभिनय गरेर दर्शकको मन जितेका थिए । उनका कलकत्ते काइँयो, चुइँ चुइँ चुइँकने जुत्ता, मुलाको चाना, सलल पानीलगायत थुप्रै लोकगीतहरु चर्चित छन् । उनले नेपाली लोक दोहोरीको रियालिटी शो ‘नेपाल लोकस्टार’ मा निर्णायकको भूमिका पनि निर्वाह गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७