कालीकोटमा जीप दुर्घटना : एकको मृत्यु, तीन जना घाइते


११ फाल्गुन २०७८, बुधबार
accident 6il842ic318ttv9z9ed983337ajqboj0bo7p3g9ny9c

कालीकोट । कालीकोटमा जीप दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । दुर्घटनामा अन्य तीन जना घाइते भएका छन् ।
कालीकोटको पलाँता गाउँपालिका-९ मा मंगलबार नम्बर नखुलेको जीप दुर्घटना हुँदा स्थानीय ६२ वर्षीया परिलाल भण्डारीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ ।

कालीकोटका डीएसपी सिद्धराज न्यौपानेका अनुसार दुर्घटनामा घाइते भएका तीन जनालाई नेपाली सेनाको हेलिकप्टरबाट सुर्खेत लगिएको छ । कर्णाली नदीमा ड्रममाथि चढाएर लगिएको जीप अनियन्त्रित भइ दुर्घटना भएको हो । जीपका चालक पनि लाइसेन्स नभएका सिकारु रहेका प्रहरीले जनाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७