गृहमन्त्री खाँणले प्रचण्डलाई भेटेर भने, ‘एमसीसी पास गरौं, गठबन्धन बचाऔं’


११ फाल्गुन २०७८, बुधबार
Balkrishna khad 1

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई भेट्न खुमलटार पुगेका छन् । सरकार एमसीसी पास गर्ने तयारी रहेकाले बुधबार बिहान खाँण छलफल गर्न प्रचण्ड निवास खुमलटार पुगेका हुन् ।

भेटमा गृहमन्त्री खाँणले प्रचण्डलाई सत्ता गठबन्धन जोगाउन र सरकारले टेबल गरेको एजेण्डामा साथ दिन आग्रह गरे । उनले जनतामाथि परेको भ्रम निवारण सबै मिलेर गर्नुपर्ने र एमसीसीलाई पास गर्नुपर्ने बताए । मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । कांग्रेस सभापतिसमेत रहेका देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई दिएका छन् । तर सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएकाले प्रमुख प्रतिपक्षी एमालेसँग पनि देउवाले भेट बढाएका छन् ।

देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । कांग्रेस – एमालेका नेताबीचको भेटमा ओलीले पहिला आफ्ना पार्टीको माग सम्बोधन हुनुपर्ने अडान लिएका थिए ।

कांग्रेसका नेताहरु गठबन्धन दलका नेताले विपक्षीमा भोट हाले गठबन्धन टुट्ने बताउँदै आएका छन् । बिहीबार संसद् बैठक बस्ने भएकाले कांग्रेस नेताहरुले दौडधुप बढाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७