एमाले अध्यक्ष ओलीलाई भेट्न गृहमन्त्री खाँण बालकोटमा


११ फाल्गुन २०७८, बुधबार
balkrishna 20220223045323

काठमाडौं । गृहमन्त्री बालकृष्ण खाँण एमाले अध्यक्ष केपी शर्मा ओली भेट्न बालकोट पुगेका छन् । बुधबार बिहानै उनी बालकोट पुगेका हुन् । उनले सरकारले अगाडि बढाएको एमसीसीलाई संसद्बाट पास गर्न सहयोग गर्न आग्रह गरेको स्रोतले जनाएको छ ।

उनले भने, ‘संसद् लामो समयदेखि अवरोध हुँदै आएको छ । गठबन्धनभित्रका दलले एमसीसी पास गर्न संसद् अवरोध हट्नुपर्ने माग राखिकाले संसद्मा अवरोध हटाएर सहयोग गरिदिनु होला । एमसीसीको विषयमा सबै दल एक हुनुपर्छ ।’

बुधबार बिहानै माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ’प्रचण्ड’ लाई पनि भेट्न खाण खुमलटार पुगेका छन् । प्रचण्डसँगको भेटमा गृहमन्त्री खाँणले प्रचण्डलाई सत्ता गठबन्धन जोगाउन र सरकारले टेबल गरेको एजेण्डामा साथ दिन आग्रह गरेका थिए । उनले जनतामाथि परेको भ्रम निवारण सबै मिलेर गर्नुपर्ने र एमसीसीलाई पास गर्नुपर्ने बताएका थिए ।

मंगलबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवा र एमाले अध्यक्ष केपी शर्मा ओलीबीच भेट भएको थियो । कांग्रेस सभापतिसमेत रहेका देउवाले पहिलो प्राथमिकता गठबन्धनलाई दिएका छन् । तर सत्ता गठबन्धनभित्रका दल माओवादी केन्द्र र एकीकृत समाजवादी दोहोरो भूमिकामा देखिएकाले प्रमुख प्रतिपक्षी एमालेसँग पनि देउवाले भेट बढाएका छन् ।

देउवा र अध्यक्ष केपी शर्मा ओलीबीच मंगलबार साँझ भेटवार्ता भएको थियो । भेटमा प्रधानमन्त्री देउवाले एमसीसी पास गर्न सहयोग गर्न आग्रह गरेका थिए । कांग्रेस – एमालेका नेताबीचको भेटमा ओलीले पहिला आफ्ना पार्टीको माग सम्बोधन हुनुपर्ने अडान लिएका थिए । कांग्रेसका नेताहरु गठबन्धन दलका नेताले विपक्षीमा भोट हाले गठबन्धन टुट्ने बताउँदै आएका छन् । बिहीबार संसद् बैठक बस्ने भएकाले कांग्रेस नेताहरुले दौडधुप बढाएका हुन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७