न्यायाधीश खटाउनेबारे छलफल गर्न न्याय परिषद्को बैठक बस्दै


११ फाल्गुन २०७८, बुधबार
naya sewa aayoga

काठमाडौं । न्याय परिषद्को बैठक आज दिउँसो ४ बजे बस्दै छ । कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले विशेष अदालतमा न्यायाधीश खटाउने मुख्य प्रयोजनको लागि न्याय परिषद्को बैठक बोलाएका हुन् ।

आजको बैठकले विशेष अदालत काठमाडौँ र राजश्व न्यायाधीकरण काठमाडौँमा न्यायाधीशलाई काज खटाउने निणर्य गर्ने सवोच्च अदालत स्रोतले जनाएको छ ।

परिषद्को बैठकका लागि विशेष अदालतमा रिक्त अध्यक्षसहित न्यायाधीश पदमा उच्च अदालतका न्यायाधीशहरुलाई काज सरुवा गर्ने एजेण्डा तय गरिएको छ । बैठकमा अन्य विविध विषयमा पनि छलफल हुनेछ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७