युक्रेनले भन्यो, ‘अमेरिकाले हामीलाई थप हतियार दिने वाचा गरेको छ’


११ फाल्गुन २०७८, बुधबार

काठमाडौं । अमेरिकाले आफूहरुलाई थप हतियार दिने वाचा गरेको युक्रेनले जनाएको छ । तर तनाव व्यवस्थापनका लागि आफूहरूले अमेरिकी सेना युक्रेनमा परिचालित नहोस् भन्ने चाहेको युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले बताएका छन् ।

अमेरिकाले युक्रेनलाई रक्षासम्बन्धी सहयोग जारी राख्ने प्रतिबद्धता जनाएको छ । साथै रुसको पछिल्लो कदमविरुद्ध अमेरिकाले विभिन्न प्रतिबन्धको घोषणा गरेको छ । रुसले क्राइमिया गाभ्दा पनि अमेरिकाले यसैगरी प्रतिबन्ध लगाएको थियो । तर पछिल्लो प्रतिबन्ध त्यो भन्दा कडा रहेको अमेरिकी राष्ट्रपति जो बाइडेनले बताएका छन् ।

अमेरिकाले ८० अर्ब डलरको सम्पत्ति रहेका दुई ठूला रुसी बैंकको व्यापारमा रोक लगाउने घोषणा गरेको छ । अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्कनले रुसी समकक्षीसँग तय भएको बैठक पनि रद्द गरेको बीबीसीले जनाएको छ । रुसमाथि प्रतिबन्ध लगाएपछि युक्रेनले यो कदमको प्रशंसा गरेको छ । युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले अमेरिकाले रुसमाथि लगाएको सुरुवाती प्रतिबन्ध बलियो रहेको बताउँदै प्रशंसा गरेका हुन् ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७