घट्यो सुनको भाउ, तोलाको कतिमा हुँदैछ कारोबार ?


११ फाल्गुन २०७८, बुधबार
gold

काठमाडौं । नेपाली बजारमा आज (बुधबार) सुनको भाउ ओरालो लागेको छ । मंगलबारको तुलनामा सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेको हो ।

मंगलबार छापावाला सुन प्रतितोला ९७ हजार रुपैयाँमा कारोबार भएको आज ९६ हजार ५ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

तेजावी सुनको भाउ पनि ९३ हजारमा झरेको छ । तर चाँदीको मूल्य भने वृद्धि भएको छ । चाँदी तोलामा ५ रुपैयाँले बढेको हो । चाँदी प्रतितोला १३२० रुपैयाँमा कारोबार भइरहेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७