युक्रेन संकटको मार बिटकोइनमा पनि


११ फाल्गुन २०७८, बुधबार
0521 bitcoin t 8jccpnPFqO

काठमाडौं । रुस र युक्रेनबीच जारी तनावको असर बिटकोइनका साथै अन्य क्रिप्टोकरेन्सीमा देखिएको छ । जोखिमपूर्ण सम्पत्तिमा लगानी गर्न लगानीकर्ताहरु तयार नदेखिएपछि क्रिप्टोकरेन्सीको मूल्यमा गिरावट देखिएको हो । मंगलबार बिटकोइन ३६ हजार ६४९ डलरमा ट्रेड भइरहेको थियो ।

पछिल्लो २४ घण्टामा यसको मूल्यमा ६.५ प्रतिशतले गिरावट आएको कोइनडेस्कको तथ्याङ्कले देखाएको छ । यो हप्ताको अन्त्यमा बिटकोइनको मूल्य ४० हजारभन्दा तल पुगेको थियो । युक्रेन सङ्कट गहिरिँदै जाँदा विश्वकै सबैभन्दा महँगो क्रिप्टोको मूल्यमा थप गिरावट देखिएको छ ।

नोभेम्बरमा ६८ हजार ९९० मा ट्रेडिङ भइरहेको बिटकोइनले भूराजनीतिक तनावले आफ्नो आधा मूल्य गुमाइसकेको छ । अमेरिकाको फेडरल रिजर्भले ब्याजदरमा वृद्धि र विश्वका अन्य मुख्य अर्थतन्त्रले डिजिटल मुद्रामा गरेको कडाइले पनि यसको मूल्यमा असर पुगेको छ ।

बिटकोइन मात्र होइन, विश्वको दोस्रो महँगो क्रिप्टोकरेन्सी इथेरमको मूल्य पनि पछिल्लो २४ घण्टामा ८ प्रतिशतले घटेको छ । यो २ हजार ५२० डलरमा ट्रेडिङ भइरहेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७