रुसले २४ घण्टाभित्र युक्रेनमा आक्रमण गर्न सक्ने अष्ट्रेलियाका प्रधानमन्त्रीको चेतावनी


११ फाल्गुन २०७८, बुधबार
Australian PM Scott Morriso 20220223063058

काठमाडौं । अष्ट्रेलियाका प्रधानमन्त्री स्कट मोरिसनले रुसले आगामी २४ घण्टनभित्र युक्रेनमा आक्रमण गर्न सक्ने बताएका छन् । उनले अमेरिकी भनाइलाई समर्थन गर्दै युक्रेनमा रुसी आक्रमण प्रभावकारी रूपमा सुरु भइसकेको बताएका छन् ।

मोरिसनले रुस युक्रेनमाथि आक्रमण गर्ने अन्तिम बिन्दुमा रहेको बताए । उनका अनुसार आगामी २४ घण्टाभित्र युक्रेनमाथि रुसले आक्रमण गर्ने सम्भावना धेरै रहेको छ । मोरिसनले यस्तो बेलामा उदार लोकतन्त्र भएका देशहरू एकजुट भएर अधिनायकवादी सोचको विरोध गर्नुपर्ने बताए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७