काँग्रेस पदाधिकारी बैठक बस्दै, के-के छन् एजेण्डा ?


११ फाल्गुन २०७८, बुधबार

काठमाडौं । आज (बुधबार) सत्तारुढ नेपाली काँग्रेसको पदाधिकारी बैठक बस्दैछ । सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा दिउँसो १ बजे बैठक बस्ने सहमहामन्त्री बद्री पाण्डेले जानकारी दिए । उनका अनुसार बैठकमा पार्टीका भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको विधानमाथि छलफल हुनेछ ।

केन्द्रीय सदस्य एनपी साउद नेतृत्वको समितिले तयार पारेको ड्राफ्ट भ्रातृ संघ तथा शुभेच्छुक संस्थाका विधानको रूपमा पारित भइसकेपछि पदाधिकारी बैठकमा छलफल भइरहेको छ । पदाधिकारी बैठकमा छलफल गरेर विधानमाथि सुझाव दिने सहमहामन्त्री पाण्डेले बताए ।

केही दिनदेखि जारी छलफलमा दलित संघ, महिला संघलगायत ६ वटा भ्रातृसंघको विधानमाथि छलफल गरेर सुझाव दिने नेता साउदले बताए । ‘मेरो नेतृत्वको समितिले तयार पारेको विधानको ड्राफ्टमथि छलफल गरेर विधानको रूपमा पारित भइसकेको छ,सोही विधानलाई पार्टी पदाधिकारीले अध्ययन गरेर सुझाव दिने काम भइरहेको छ’ नेता साउदले भने ।

पार्टीको केन्द्रीय समिति बैठकमा उठेका सुझावलाई समावेश गरेर विधान पारित भइसकेको हो । नेपाली कांग्रेसले म्याद सकिएका सबै भ्रातृ तथा शुभेच्छुक संस्थाको महाधिवेशन गर्न विधान तयार पारेर पदाधिकारी बैठकमा छलफल भइरहको छ ।
काँग्रेसले भ्रातृ संघ तथा शुभेच्छुक संस्थाको अधिवेशन विधानअनुसार गर्न नसक्दा आलोचना हुँदै आएको छ भने भ्रातृसंघले गति लिन नसक्दा ऊर्जाहीन भएका छन् । पार्टीको १४ औ महाधिवेशनमार्फत शेरबहादुर देउवा सभापतिमा दोहोरिएपछि म्याद गुज्रिएका सबै भ्रातृ तथा शुभेच्छुक संघको अधिवेशन गर्ने कांग्रेसले तयारी गरेको छ ।

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७