पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको छ, तर हामी विजयी हुनेछौं : प्रचण्ड


११ फाल्गुन २०७८, बुधबार
Prachanda 2

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले फेरि पनि पुरानै सत्ता उल्ट्याउन कोशिस भइरहेको बताएका छन् ।

अमेरिकी सहायता परियोजना एमसीसीले सत्ता गठबन्धन भत्कने आशंका बढिरहेका बेला प्रचण्डले ‘क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको’ बताएका हुन् ।

‘विश्व इतिहासमा हरेक क्रान्तिपछि प्रतिक्रान्तिकारीहरू फेरि पुरानै सत्ता उल्ट्याउन भरमग्दूर कोशिस गर्छन्’, फेसबुकमा प्रचण्डले भनेका छन्, ‘अहिले नेपालमा पनि क्रान्ति र प्रतिक्रान्तिकारीहरूबीच संघर्ष चलिरहेको छ । उनीहरूले कैयन् षड्यन्त्र रचिरहेका र भ्रम छरिरहेका छन् । तर, हामी ती सबै प्रपञ्चको जालो चिरेर विजयी हुनेछौं ।’

माओवादी र एकीकृत समाजवादी एमसीसीको विपक्षमा उभिएपछि प्रधानमन्त्री शेरबहादुर देउवाले नयाँ सत्ता समीकरणको प्रयास गरिरहेका छन् । प्रधानमन्त्री देउवाले प्रमुख प्रतिपक्षी नेकपा एमालेका अध्यक्ष केपी ओलीसँगको भेटघाट बढाइरहेका छन् ।

Capture 15

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७