रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास छैन : युक्रेनी राष्ट्रपति


११ फाल्गुन २०७८, बुधबार
ukrine president 20220223070448

काठमाडौं । युक्रेनी राष्ट्रपति भोलोदमिर जेलेन्स्कीले युक्रेनको रुससँग द्वन्द्व हुन्छ भन्नेमा विश्वास नरहेको बताएका छन् । उनले मंगलबार भने, ’मलाई लाग्छ रुससँग त्यत्रो द्वन्द्व हुँदैन, अहिले हामीले सोचेजस्तो हिंसा पनि हुँदैन ।’

युक्रेनमा यदि आन्दोलन या त्यस्तै आक्रामक कारबाही हुने अवस्था भयो भने आफूले मार्सल ल लगाउने पनि उनले बताए । त्यहाँ हुनसक्ने विद्रोहका बारेमा टिप्पणी गर्दै यदि त्यस्तो अवस्था आयो भने आफूले मार्सल ल लगाउने उनले भनाइ छ ।

पछिल्लो समयमा युक्रेनमा रुसले आक्रमण गर्नसक्ने भन्दै त्यसको विश्वव्यापी रुपमा व्यापक विरोध भएको छ । युक्रेनको पूर्वी क्षेत्रमा रुसले ठूलो संख्यामा सेना तैनाथ गरेको बताइएको छ । तर रुसले अहिले युक्रेनमा हमला गर्ने समाचारको भने खण्डन गर्दै आएको छ ।

अमेरिका, बेलायतलगायतका पश्चिमा देशहरुले भने रुसले युक्रेनमा हमला गर्न लागेको भन्दै त्यहाँबाट आफ्ना नागरिक फिर्ता गरेका छन् । त्यस्तै यी लगायतका अरु पश्चिमा देशहरुले पनि यदि रुसले युक्रेनमा हमलाको तयारी गरेको हो भने त्यसको पुष्टि गरी रुसमाथि प्रतिबन्धहरु लगाउने तयारी गरिरहेको बताएका छन् । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७