एमालेको सरकारले एमसीसी सम्झौतामा हस्ताक्षर गरेको छैन : सचिव अर्याल


११ फाल्गुन २०७८, बुधबार
padma aryal
फाइल फोटो

म्याग्दी । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले) की सचिव पद्मा अर्यालले मिनियम च्यालेन्ज कर्पोरेशन (एमसीसी) सम्बन्धि कुनै पनि सम्झौतामा नेकपा एमालेको संलग्नता नरहेको बताएकी छन् । एमसीसी सम्झौता गर्ने विभिन्न सरकारमा समेत बर्तमान ‘सत्तारुढ गठबन्धनको संलग्नता रहेकाले संसदमा दर्ता भएको अवस्थामा सरकार बहुमतको भएको र पास गर्न चाहेमा सहजै पास हुने बताइन् ।

एमसीसीका बारेमा एमाले बोल्न आवश्यक छैन्,‘गठबन्धनसँग बहुमत छ पास गरे भयो’ अर्यालले भनिन् । एमसीसीका बारेमा एमालेलाई अनावश्यक विवादमा तान्ने प्रयास गरिएको समेत उनले आरोप लगाएकी छन् । एमसीस मा एमालेले आफ्नो पोजिशन क्लियर गरेको उनको भनाई छ ।

‘हाम्रो माग पुरा भएपछि एमसीसीमा बहस गर्न तयार छौ, ‘एमालेले संसद्मा पेस गरेका माग पूरा भएपछि मात्रै नियमित बैठकमा हुन्छौ’ उनले भनिन् । उनले संसदमा दर्ता भएको एमसीसीमा आफ्नो पार्टीले धारणा स्पष्ट रहेकाले अनावश्यक हल्ला नगर्न समेत चेतावनी दिएकी छन् । एमसीसीको विषयमा ‘सत्तारुढ गठबन्धनको रमिताले जनता प्रष्ट भएको अर्यालको भनाई छ । पास वा फिर्ताका बारेमा प्रष्ट नबोलेपनि सचिव अर्यालले बहस गर्न तयार रहेको पटकपटक दोहोराएकी थिइन् ।

बुधबार प्रेस चौतारी नेपाल, म्याग्दीले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै अर्यालले सभामुख अग्निप्रसाद सापकोटाको अनुचित कार्य गरेकाले बाध्य भएर संसद अवरुद्ध गरेको बताइन् । तत्कालीन नेकपा एमालेमा रहेका एकिकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल सहितका सांसदहरुलाई पार्टीले कारबाही गरी संसदलाई जानकारी गराए पनि सभामुखले राजनीति गरेकाले निष्कासनको सूचना जारी गरेकै दिन बैठकमा सहभागी हुने बताइन् ।

अवैध ढंगले आफ्नो पार्टी फुटाएपछि एमालेबाट हटाइएका सांसदहरू नै सहभागी हुने बैठकलाई नियमित सञ्चालन गर्न नदिने पार्टीको लाइन प्रष्ट रहेको नेता अर्यालको भनाई छ ।’ पेलेर संसद् चलाउन खोजिएको छ,सभामुख पार्टीको कार्यकर्ता बनेकाले स्वीकार गर्न सकिदैन’ नेता अर्यालले भनिन् । उनले एमालेबाट हटाइएसँग सभामुखले अनुचित सम्बन्ध राखेको समेत आरोप लगाएकी छन् ।

‘सत्तारुढ गठबन्धनसँग एमाले एक्लै चुनाव लड्न तयार छ,‘जनमत हाम्रो पक्षमा छ’ अर्यालले भनिन् । पूर्व भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री समेत रहेकी अर्यालले सरकार अलोकतान्त्रिक र जनविरोधी भएकाले नै चुच्चे नक्सालाई गायब बनाएको बताइन् । प्रतिपक्षको भूमिकामा बसेर एमालेको सहयोगबाट एमसीसी पास गर्ने सत्तारुढ गठबन्धनको चाहना पूरा नहुने बताइन् । नेकपा एमाले म्याग्दीको बैठकमा सहभागी हुन आएकी अर्यालले आफ्नो पार्टीले स्थानीय, प्रदेश र संघीय निर्वाचनमा प्रष्ट बहुमत ल्याएर बाँकी अधुरा काम गर्ने बताइन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७