गायक जयनन्द लामाको निधनप्रति प्रचण्डद्वारा दुःख व्यक्त


११ फाल्गुन २०७८, बुधबार
jayananda

काठमाडौं । गायक तथा कलाकार जयनन्द लामाको निधनप्रति नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दुःख व्यक्त गरेका छन् । गायक लामाको आज बुधबार बिहान निधन भएको हो ।

‘आफ्नो उत्कृष्ट कला पस्केर नेपाली स्रोता अनि दर्शकलाई मनोरञ्जन प्रदान गर्नु हुने चर्चित गायक एवं चरित्र अभिनेता जयनन्द लामाको निधनको खबरले दुःखित छु’, प्रचण्डले भनेका छन्, ‘लोकप्रिय कलाकार लामा भौतिक रूपमा हामी माझ नरहेता पनि ‘कलकत्ते काइँयो, चुइँचुइँ चुइँकने जुत्ता, केको साँचो’ जस्ता उहाँका अनगिन्ती सिर्जनाहरू हाम्रा ओठहरूमा सदैव बसिरहने छन् । हामी सम्झिरहने छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७