सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी आरोपमा दुई जना पक्राउ


११ फाल्गुन २०७८, बुधबार
aaa YEgdkthnRp

काठमाडौं । सहकारीका निक्षेपकर्ताको ६ करोड २५ लाख ठगी गरेको आरोपमा दुई जनालाई प्रहरीले पक्राउ गरेको छ । काठमाडौंको पुरानो बानेश्वरस्थित भरोसा नेपाल बहुउद्देश्यीय सहकारीका निक्षेपकर्ताको रकम हिनामिना गरेको अभियोगमा सुरज बस्नेत र शिव पाण्डेलाई केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले पक्राउ गरेको हो ।

सहकारीका सञ्चालक रहेका उनीहरुले आफूखुशी सहकारी संस्थाको खातामा रकम नराखि आफ्नै परिवारका सदस्य र आफन्तहरुका नाममा राखि १५ जना निक्षेपकर्ताहरुको छ करोड २५ लाख ठगी गरेको ब्यूरोले जनाएको छ ।

भुक्तानी फिर्ता माग्दा उनीहरु सहकारी संस्थामा ताला लगाई फरार भएका थिए भने पीडितले सहकारी ठगी कार्यमा संलग्न रहेको भन्दै दिएको जाहेरीका आधारमा पक्राउ गरेको हो । अन्य बचतकर्ता पनि ठगिएको भए जानकारी गराउन ब्यूरोले आग्रह हरेको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७