२० हजार डलरसहित विमानस्थलबाट भारतीय नागरिक पक्राउ


११ फाल्गुन २०७८, बुधबार
indian arrested TIA I2brgUesIz 1

काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट दुबई जान लागेका भारतीय नागरिक पक्राउ परेका छन् । विमानस्थल सुरक्षा प्रहरी कार्यालयले फ्लाई दुबई को उडान नम्बर एफजेड ५४० बाट दुबई जान लागेका ४५ वर्षीय सतिश प्रसोत्तम साजनानीलाई २० हजार १ सय ५० अमेरिकी डलरसहित पक्राउ गरेको हो ।

एक्सरे मेसिनमा चेकजाँच गर्दा ह्याण्ड ब्यागमा उक्त डलर फेला परेको प्रहरीले जनाएको छ । उनको साथबाट ३१ हजार ६ सय नेपाली रुपैयाँ, स्टर्लिङ पाउण्ड ५, जर्जिया लारी ५०, भारतीय रुपैयाँ एक सय, यूएई दिराम १३५५ पनि फेला परेको छ । विमानस्थल प्रहरीले थप अनुसन्धान तथा कारबाहीका लागि राजश्व अनुसन्धान विभागमा बुझाएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७