एकीकृत समाजवादीले एमसीसीबारे बहस चलाउने


११ फाल्गुन २०७८, बुधबार
nekapa samajbadi

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी)ले अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतासम्बन्धी बहस कार्यक्रम गर्ने भएको छ ।

एकीकृत समाजवादीको संगठनहरूको आयोजनामा यही फागनु १३ गते बहस कार्यक्रम गर्न लागिएको प्रवक्ता जगन्नाथ खतिवडाले जानकारी दिए । कार्यक्रम दिउँसो २ बजे प्रज्ञा भवन कमलादीमा हुने उनले बताए ।

एकीकृत समाजवादीले एमसीसीको विपक्षमा मतदान गर्ने निणर्य गरिसकेको छ । उक्त पार्टीका संगठनहरूले एमसीसीको विरोधमा विभिन्न कार्यक्रम गर्दै आएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७