सरकारमा बसेर सरकारी प्रस्तावको विरोध गर्ने, ढुङ्गा हान्नेहरु लोकतन्त्र विरोधी : निलाम्बर आचार्य


११ फाल्गुन २०७८, बुधबार

काठमाडौं । भारतका लागि पूर्व नेपाली राजदूत नीलाम्बर आचार्यले सत्तामै बसेर सरकारी प्रस्तावको विरोध गर्नु लोकतन्त्रविरोधी चरित्र भएको बताएका छन् ।

पूर्व प्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीका मन्तव्य तथा विचारको अंश समेटिएको पुस्तक ‘समवेत दृष्टि’ ओलीको ७१ औं जन्मदिनको अवसर सार्वजनिक गर्न आयोजित कार्यक्रममा उनले यस्तो भनेका हुन् ।
आचार्यले एमसीसी सम्झौता संसदमा गएपछि सत्तामै बसेर विरोधमा उत्रिएका नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीतिर लक्षित गर्दै यस्तो भनेका हुन् ।

‘कहीं हाम्रो संसदीय प्रणाली त बिग्रिएको छैन ? लोकतन्त्र मास्न सभामुखहरू त आइसकेका छैनन् ? सरकारले एउटा कुरा संसदमा ल्याइसकेपछि त्यसको विरुद्धमा सडकमा ढुंगामुढा गर्ने काम गलत हो । सत्तामै रहेका मान्छेले ढुंगामुढा गर्ने र ठूला नेताले वक्तव्यबाजी गर्ने यो लोकतान्त्रिक प्रणालीविरुद्ध हो’, उनले भने, ‘त्यहीकारण ओलीजीले फेरि चुनावमा गएर त्यसलाई अझै नङ्ग्याउनुपर्ने आवश्यकता रहेको छ ।’

ओली पाँच वर्षका लागि प्रधानमन्त्री भए पनि बीचमै छाडेर हिँड्नु परेको बताए । ‘सत्तामै बसेर दोहोरो भूमिका खेलेर जनताप्रतिको विश्वास र लोकतन्त्रप्रतिको विश्वास टुटाउन पाइँदैन’, उनले भने, ‘लोकतन्त्रमा जनताको तन्त्र चल्छ तर मनपरितन्त्र चल्न सक्दैन ।’

प्रतिक्रिया

  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७