एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय


११ फाल्गुन २०७८, बुधबार
mahantha 1

काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निणर्य गरेको छ । आज (बुधबार) बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय भएको सांसद चन्दा चौधरीले जानकारी दिइन् ।

विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निणर्य भएको सांसद चौधरीले बताइन् । उनले भनिन्, ‘एमसीसी पारित नगरे भविष्यमा नेपालको विकास अनुदानमा समस्या हुन्छ भन्ने भएकाले पनि एमसीसीको पक्षमा मतदान गर्ने भन्ने निर्णय भएको हो ।’

लोसपाका १३ सांसद छन् । सरकारले एमसीसी सम्झौता गत आइतबारको प्रतिनिधिसभा बैठकमा टेबल गरेको छ । उक्त प्रस्तावलाई अगाडि बढाउन बिहीबार प्रतिनिधिसभा बैठक बोलाइएको छ । संसद्को सम्भावित कार्यसूचीमा पनि सम्भावित कार्यसूचीमा एमसीसीको विषय राखिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७