गठबन्धन टुटाएर सरकार ढाल्ने षड्यन्त्र भइरहेको छ, प्रतिक्रान्तिको खतरा बढ्यो : प्रचण्ड


११ फाल्गुन २०७८, बुधबार
prachanda

काठमाडौं । सत्तारुढ नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले वर्तमान सत्ता गठबन्धन टुटाउने र सरकार ढाल्ने षड्यन्त्र भइरहेको बताएका छन् ।

बुधबार न्युज एजेन्सी नेपालसँग संक्षिप्त कुराकानी गर्दै अध्यक्ष दाहालले गठबन्धन र सरकार टुटाउने षड्यन्त्र भइरहेको बताएका हुन् । उनले राजनीतिक परिवर्तनहरूलाई कमजोर पार्ने खतरा भए पनि प्रतिक्रान्ति नै हुने अवस्था भने नभएको बताए ।

‘खतरा त बढेकै छ नि । यो परिवर्तन कुनै न कुनै रूपले कमजोर पार्ने, यो गठबन्धन टुटाउने, यो सरकार टुटाउने षड्यन्त्र त भइराखेकै छ नि,’ अध्यक्ष प्रचण्डले भने, ‘तर, अहिले भर्खरै प्रतिक्रान्ति नै हुने भइसक्यो भन्ने कुरा चाहिँ होइन ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७