चिनियाँ उपराष्ट्रपतिले समकक्षी पुनलाई दिए बधाई


६ चैत्र २०७४, मंगलवार
Nanda bahadur Pun Chinese ambassador 2
 काठमाडौं, ६ चैत । उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई चिनियाँ समकक्षी वाङ क्विसानले बधाई दिएका छन् । नवनिर्वाचित चिनियाँ उपराष्ट्रपति वाङ क्विसानले सोमबार पद तथा गोपनियताको सपथ लिएका उपराष्ट्रपति पासाङलाई चिनियाँ राजदूत यु होङमार्फत बधाई तथा सफल कार्यकालको शुभकामना दिएकी हुन्  ।
चिनियाँ उपराष्ट्रपतिको बधाई सन्देश लिएर उपराष्ट्रपतिलाई भेट्न नेपालका लागि चीनका राजदूत यु होङ मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालय बहादुर भवन पुगेका थिए । उपराष्ट्रपतिसँगको भेटमा राजदूत होङले चीनका उपराष्ट्रपति, चीन सरकार र आफ्नो तर्फबाट बधाई तथा शुभकामना टक्राएकी थिइन् ।
Nanda bahadur Pun Chinese ambassador 1
उपराष्ट्रपति नन्दबहादुर पुन ‘पासाङ’लाई चीनका उपराष्ट्रपतिको बधाई सन्देश दिने क्रममा मंगलबार अपरान्ह उपराष्ट्रपतिको कार्यालयमा नेपालका लागि चीनका राजदूत यु होङ ।

उपराष्ट्रपतिले आफू दोस्रो कार्यकालका लागि निर्विरोध निर्वाचित हुँदा बधाई दिएकोमा चीनका उपराष्ट्रपति, चीन सरकार र नेपालका लागि चिनियाँ राजदूतलाई धन्यवाद दिए । उनले चीनका नवनिर्वाचित उपराष्ट्रपतिलाई आफूले यसअघि नै बधाई दिएको स्मरणसमेत गरे ।

भेटमा उनले नेपाल चीन सम्बन्ध दिनप्रतिदिन प्रगाढ बन्दै गईरहेको उल्लेख गर्दै चीन सरकारले ल्याउको अवधारणा बेल्ट एण्ड रोड एनिसियटिभ (विआरआई)को प्रशंसा गरे । उनले विआरआईबाट विश्वले फाइदा लिने र छिमेकीको नाताले नेपालले बढी लाभाम्बित हुने विश्वास व्यक्त गरे ।

Nanda bahadur Pun Chinese ambassador 2
उपराष्ट्रपतिले नेपाल एक चीन नीतिप्रति दृढ् रहेको उल्लेख गर्दै नेपालको विकासमा चीनले पु¥याईरहेको सहयोगका लागि धन्यवाद दिए । उनले नेपाल नयाँ संविधान बमोजिम सबै निर्वाचनहरु सम्पन्न भई राजनीतिक स्थिरता, आर्थिक समृद्धि र सामाजिक रुपान्तरणको चरणमा प्रवेश गरेको बताए । उनले नेपालको विकासमा चीनको सहयोगको आवश्यकता रहेको उल्लेख गर्दे चीनले नेपालको विकासमा साझेदारी बढाउनेमा विश्वस्त रहेको बताए । उनले चीनका राष्ट्रपतिलाई स्वागत गर्न नेपाली जनता आतुर रहेको बताउँँदै छिट्टै भ्रमण हुने विश्वास व्यक्त गरे ।

उपराष्ट्रपतिसँगको भेटमा चीनका राजदूत होङले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको बताए । उनले नेपाल विकासको नयाँ युगमा प्रवेश गरेको चीन अत्यन्त खुशी रहेको उल्लेख गर्दे नेपालको विकास गर्ने साझा प्रयासमा चीन अग्र मोर्चामा सहयोगी रहने बताए ।

भेटमा उपराष्ट्रपतिका कार्यालयका सचिव लाल शंकर घिमिरे र चिनियाँ दूतावासका पदाधिकारीहरुको समेतको उपस्थिति थियो ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७