३१२ मा कोरोना संक्रमण, दुईको मृत्यु, ९११ जना निको


११ फाल्गुन २०७८, बुधबार
korona

काठमाडौं । नेपालमा पछिल्लो २४ घण्टामा थप ३१२ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । यहि अवधिमा दुई जनाको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ५,१०३ जनाको पीसीआर परीक्षण गर्दा २५६ जना र ३,५९० जनाको एन्टिजेन परीक्षण गर्दा ५६ जना गरी ३१२ जनामा संक्रमण पुष्टि भएको हो । हाल देशभर १० हजार ९० जना सक्रिय संक्रमित छन् । यस्तै बुधबार ९११ जना संक्रमणमुक्त भएका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७