काँडेतारले घेरियो संसद भवन


११ फाल्गुन २०७८, बुधबार
kadetarparliament4 20220223114236

काठमाडौं । सरकारले नयाँ बानेश्वरस्थित संसद भवनको पर्खालमा काँडेतार लगाइएको छ । एमसीसीको विरोधमा उत्रिएका प्रदर्शनकारीबाट हुनसक्ने सम्भावित घटनाको पूर्व तयारीका लागि संसद भवनको पर्खालमा काँडेतार लगाइएको हो ।

पछिल्लो समय एमसीसी विरोधमा नयाँ बानेश्वर क्षेत्रमा प्रदर्शन भइरहेको छ । संसदमा एमसीसी टेबल गरिएपछि त्यसको विरोधमा प्रदर्शनकारीले विरोध गर्दै आएका छन् ।

भोलि (बिहीबार) संसद बैठक बस्दैछ । संसद बैठक बस्दैगर्दा यता बानेश्वर क्षेत्रमा प्रदर्शनको तयारीसमेत गरिएको बताइएको छ । सम्भावित घटना हुन नदिन काँडेतार लगाइएको सुरक्षास्रोतले जानकारी दिएको छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७