युक्रेनमा एक महिने संकटकाल घोषणा हुँदै


११ फाल्गुन २०७८, बुधबार
Ukraine Par1645616336

काठमाडौं । गम्भीर संकटमा फसेको युक्रेनले संकटकाल घोषणा गर्ने भएको छ । युक्रेनको राष्ट्रिय सुरक्षा परिषद् (नेसनल सेक्युरीटी काउन्सिल) ले संकटकाल लगाउने निणर्य गरेको हो ।

दोनेत्स्क र लुहान्स्क क्षेत्रबाहेक सबै क्षेत्रमा संकटकाल लगाउने निणर्य गरेको वरिष्ठ सुरक्षा अधिकारी ओलेक्सी डानिलोभ सुरक्षा परिषद्को बैठकपछि बताए । दोनेत्स्क र लुहान्स्कमा युक्रेनी फौजले पहिलेदेखि नै रुस समर्थित पृथकतावादीसँग लडाइ गरिरहेको छ । संकटकाल शुरुमा ३० दिनसम्म रहने उनले बताएका छन् । यद्यपि, यो कदमलाई युक्रेनी संसदले अनुमोदन गर्नुपर्नेछ । बीबीसीबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७