२०७८ फागुन १२ गते बिहीबारको तपाईको राशिफल


१२ फाल्गुन २०७८, बिहीबार
rasifal 1

मेष (चु, चे, चो, ला, लि, लु, ले, लो, अ)
आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनेछ । प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्न सक्छ । बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, हा)
आज काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सहयोगी हातहरू पनि अघि बढ्ने छन् ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
सुन्दर पहिरनले व्यक्तित्वमा निखारता ल्याउनेछ । अचल सम्पत्ति हात पर्ने योग छ । पारिवारिक वातावरण पूणर्रूपेण सन्तोषप्रद नै रहनेछ ।

तुला (रा, रि, रु, रे, रो, ता, ति, तु, ते)
आज प्रसन्नतापूर्वक समय व्यतीत हुनेछ । लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुनेछन् । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ ।

धनु (ये, यो, भा, भि, भु, धा, फा, ढा, भे)
आज बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्छ । आँटेको र गरेको काममा ढिलासुस्ती हुनेछ । विलासिताका सामग्रीमा खर्च पनि बढ्ने छ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, दा)
काम गर्ने हौसला मिल्ने छ । वित्तिय संस्थाबाट सहयोग पाइनेछ । सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् । अरूलाई प्रभावित पारेर काम बन्नेछ ।

वृष (इ, उ, ए, ओ, वा, वि, वु, वे, वो)
लगानीमा रहेको रकम फिर्ता आउन सक्छ । प्राविधिक विषयमा रूचि जाग्नेछ । सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
पारिवारिक सदस्यबाट सहयोग मिल्ने छ । विपरीत वर्गप्रति आकर्षण रहला। साहित्यिक क्षेत्रमा रूचि बढ्ने छ । नयाँ ज्ञान सिक्ने मौका मिल्ने छ ।

कन्या (टो, पा, पि, पु, ष, ण, ठ, पे, पो)
आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्ने छ । आफ्नो क्षेत्रमा प्रभुत्व जमाउन सकिने छ । सुख सुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
आम्दानी बढाउने काम सुरु गर्न सकिनेछ । पार्टी पिकनिक तथा सेमिनारमा सहभागिता भइएला । नयाँ वस्त्र र अलङ्कार प्राप्ति हुनेछ ।

मकर (भो, जा, जि, जु, जे, जो, ख, खि, खु, खे, खो, गा, गि)
नयाँ व्यक्तिसँग भेटघाट हुने समय छ । प्राविधिक क्षेत्रमा रूचि बढ्ने छ । सामाजिक कार्यमा रुचि रहनेछ । कार्य सम्पादनमा सहजता मिल्ने छ ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, चा, चि)
आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

  • ज्यो.प. नारायणप्रसाद दुलाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७