एसईई परीक्षा : प्रदेशले सबै प्रक्रिया छिटो पूरा गर्न पाउने


१२ फाल्गुन २०७८, बिहीबार
see

काठमाडौं । यो वर्षको एसईई परीक्षाको उत्तर पुस्तिका परीक्षणदेखि सबै प्रक्रिया छिटो पूरा गर्ने प्रदेशले छिट्टै परीक्षाफल प्रकाशित गर्न पाउने भएको छ । राष्ट्रिय परीक्षा बोर्डले पहिलो पटक राष्ट्रिय परीक्षाबोर्डको नियमावली-२०७६ संशोधन गरी यस्तो व्यवस्था गरेको हो ।

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले मन्त्री परिषद्मा पठाएको परीक्षा बोर्डको नियमावली स्वीकृत भई राजपत्रमा प्रकाशित भएको छ । सोही नियमावलीअनुसार यो वर्षको एसईई परीक्षाको सम्पूणर् अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ ।

रापबोर्डका अध्यक्ष डा. महाश्रम शर्माका अनुसार नियमावली संशोधन भएसँगै सबै अधिकार प्रदेश सरकारमा हस्तान्तरण भएको छ, बोर्डले लब्धाङ्कपत्रमा प्रमाणीकरण गर्ने अधिकार मात्र पाएको छ । शर्माले भने, ‘यसै वर्षदेखि परीक्षाको उत्तर पुस्तिका परीक्षण, टेबुलेसन, कोडिङ, डिकोडिङलगायत सबै प्रदेशले गर्नेछ । बोर्डले यो वर्ष प्रश्नपत्र छपाइ गरी प्रत्येक प्रदेशमा पठाएपछि परीक्षाको सम्पूणर् काम प्रदेश सरकारले गर्नेछ ।’

लामो समयको प्रयासपछि बल्ल एसईई परीक्षा सञ्चालन र व्यवस्थापन गर्ने अधिकार प्रदेश सरकारलाई हस्तान्तरण गर्न पाएको जिकिर गर्दै उनले भने- ’यसले गर्दा संघ, प्रदेश र स्थानीय तहको सहअस्तित्व कायम गर्न सफल भएका छौं ।’ नेपाल समाचारपत्र दैनिकबाट

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७