हिमपातले हुम्लामा हवाई सेवा अवरूद्ध, किसान भने खुशी


१२ फाल्गुन २०७८, बिहीबार
humla himpat pus2 E17FQOhXQJ
x’Dnfdf ef/L lxdkft l;dsf]6, !$ k’; M lxdfnL lhNnf x’Dnfdf a’waf/ ef/L lxdkft . lxdkftn] oxfFsf] hghLjg k|efljt ePsf] . t:jL/ M bfg] af]x/f÷/f;;

हुम्ला । हुम्ला जिल्लाको सदरमुकाम सिमीकोटमा पुनः हिमपात भएको छ । हिमपातको कारण सिमकोटमा हवाई सेवा समेत अवरुद्ध हुन पुगेको छ । नेपालगञ्ज र सुर्खेतबाट उडान हुने सम्पूर्ण हवाई सेवा बन्द भएका सिमकोट विमानस्थल कार्यालयले जनाएको छ ।

सदरमुकाम सिमीकोटमा पुस-माघ जस्तै अत्यधिक चिसो बढेपछि जनजीवन अस्तव्यस्त भएको छ । त्यस्तै हिमपातका कारण सदरमुकाम सिमीकोटसम्म आवतजावतमा समस्या रहेको छ । हिमपात हुँदा कृषक औधी रमाएका छन् । कृषक हरिप्रसाद जैसीले भने, ‘यस पटक जौ, गहुँ र उवाको उत्पादन राम्रो हुने भयो ।’ रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७