गर्भवती किशोरीको हेलिकप्टरमार्फत् उद्धार


१२ फाल्गुन २०७८, बिहीबार
Helicoptor
सांकेतिक तस्विर

संखुवासभा । संखुवासभाकी एक गर्भवती किशोरीको हेलिकप्टरमार्फत उद्धार गरिएको छ । भोटखोला गाउँपालिका- १ किमाथांकाकी १७ वर्षीया पेमा ल्हामु च्यावालाई हेलिकप्टरबाट उद्धार गरेर काठमाडौं पठाइएको सङ्खुवासभाका प्रमुख जिल्ला अधिकारी नुरहरी खतिवडाले जानकारी दिए ।

कलिलै उमेरमा गर्भवती भएकी च्यावालाई रक्तस्राव हुन थालेपछि राष्ट्रपति महिला उत्थान कार्यक्रम अन्तर्गत उद्धार गरेर उपचारका लागि काठमाडौँ लगिएको हो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७