एलांगाको गोलमा हारबाट बच्यो म्यानचेस्टर युनाइटेड


१२ फाल्गुन २०७८, बिहीबार
Manchenster United Athletico madrid m7IOZWliAl

काठमाडौं । च्याम्पियन्स लिगअन्तर्गत बुधबार राति भएको खेलमा च्यानचेस्टर युनाइटेड र एथ्लेटिको मड्रिडले १-१ को बराबरी खेलेका छन् । अन्तिम १६ को पहिलो लेगको उक्त खेल एथ्लेटिको मड्रिडको मैदानमा भएको हो ।

खेलको सातौं मिनेटमा नै एथ्लेटिको मड्रिडले गोल गर्दै खेलमा अग्रता लिएको थियो । पहिलो हाफ बराबरीमा सकिए पनि दोस्रो हाफको ८० औं मिनेटमा एन्थोनी एलांगाले म्यानचेस्टर युनाइटेडको लागि बराबरी गोल फर्काए ।

खेलमा थप गोल हुन सकेन र खेल बराबरीमा सकियो । यससँगै मार्च १६ यी दुई टोलीबीच दोस्रो लेगको खेल हुनेछ । उक्त खेलले माथिल्लो चरणमा पुग्ने टोलीको टुंगो लगाउने छ ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७