प्रेमिकासँग घुम्न अपहरणको नाटक


१२ फाल्गुन २०७८, बिहीबार
lover

डोटी । अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाई राखेको भनी परिवार र प्रहरीलाई झुक्याउने एक जनालाई प्रहरीले बुधबार नियन्त्रणमा लिएको छ ।

डोटीको आदर्श नगरपालिका-३ घर भई हाल धनगढी उपमहानगरपालिका-५ हसनपुर बस्ने रघुनाथ ओझालाई धनगढी-१ बाट नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक बेदप्रकाश जोशीले जानकारी दिए ।

प्रनाउ जोशीका अनुसार निज ओझाले आफू अध्ययनरत रहेको स्थान जिल्ला चितवनबाट दाइको बिहेमा जानु छ भनी गत माघ २० गते चिवतनबाट घर परिवारलाई खबर गरेको र सोही मितिबाट सम्पर्कविहीन रहेको अवस्थामा घरपरिवारसँग म्यासेन्जरमा भिडियो कल गरी आफूलाई अज्ञात व्यक्तिले अपहरण गरी बन्धक बनाएको भनि झुटो बहाना गरेका थिए ।

घर परिवारको समन्वयमा अनुसन्धान हुँदै जाँदा निज व्यक्ति सोही मितिमा आफ्नो प्रेमिकासँग नारायणघाटबाट बुटवल हुँदै पोखरा गएर बसेको देखिएको र आफ्नो साथमा रहेको रकम सकिएपछि पोखराबाट घरतर्फ आएको देखिएको बताइएको छ । घटनाबारे थप अनुसन्धान भइरहेको जनाइएको छ । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७