गोपाल पराजुली विरुद्ध प्रहरीमा उजुरी


६ चैत्र २०७४, मंगलवार
gopal parajuli

काठमाडौं, ६ चैत्र । निवर्तमान प्रधान्यायाधीश गोपाल पराजुलीको विरुद्ध प्रहरीमा उजुरी परेको छ । गुल्मीका मदन भण्डारीले महानगरीय प्रहरी परिसर काठमाडौंमा शैक्षिक प्रमाणपत्र र नागरिकताबारे अनुसन्धानको माग गर्दै प्रहरीमा उजुरी दिएको हो । gopal parajuli

उजुरीमा पराजुलीले प्रधानन्याधीशको पद लम्व्याउन फरक जन्ममितिका कागजात पेश गरेकोले छानविन गरि हदैसम्मको कारवाहीको माग गरिएको छ । उनले नियतबस कानुनको दुरुपयोग गरेको आरोप समेत लगाइएको छ ।

यस्तै नेपाल ल क्याम्पस, न्याय परिषद्, परिक्षा नियन्त्रण कार्यालय र तनहँ तथा काठमाडौं जिल्ला प्रशासन कार्यालयमा सोधपुछ गरि सत्य तथ्य सार्वजनिक गर्न माग समेत माग गरिएको छ ।

पराजुलीलाई बुधबार न्याय परिषद्को सचिवालयले उमेर हदका कारण २०७४ साउन २१ मै पदमुक्त भइसकेको भन्दै पदमुक्त भएको जानकारी पत्र बुझाएको थियो। पराजुलीले कहिल्यै सार्वजनिक गर्न नचाहेको प्रवेशिकाको चारित्रिक प्रमाणपत्र परीक्षा नियन्त्रण कार्यालयबाट प्राप्त भएसँगै किर्ते गरेर पदमा बसिरहेको प्रमाणित भएपछि परिषद्का सचिव नृपध्वज निरौलाले उनलाई पदमुक्त गरिएको पत्र लेखेका हुन् । उपलब्ध कागजातका आधारमा पराजुलीले ६५ वर्षको उमेरहदका कारण अवकाश पाइसकेको जानकारी दिइएको हो ।

यद्यपी उनी आफैले भने पदमुक्त नभएको जीकिर गर्दै आएका थिए । उनले बिहीबार राष्ट्रपति विद्या भण्डारी समक्ष राजीनामा पत्र बुझाएका थिए ।

पराजुलीको बहिर्गमनपछि सर्वोच्च अदालतका वरिष्ठतम न्यायाधीश दीपकराज जोशीले कार्यवाहक प्रधानन्यायाधीशको कार्यभार सम्हालेका छन् ।

 

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७