‘इन्टेक-२०२२’ का लागि बेलायती सेनामा २१८ र सिंगापुर प्रहरीमा १४० नेपाली युवा भर्ना (फोटो फिचर)


१२ फाल्गुन २०७८, बिहीबार
British Gurkha

काठमाडौं : बेलायती सेनामा २ सय १८ र सिंगापुर प्रहरीमा १ सय ४० गरी ३ सय ५८ नेपाली भर्ती भएका छन् । ब्रिगेड अफ गॊर्खजले ब्रिटिस आर्मी र सिंगापुर पुलिसमा ‘इन्टेक–२०२२’ अन्तर्गत उनीहरूलाई छनोट गरेको हो । यो वर्ष क्षेत्रीय छनोट प्रतिस्पर्धामा ७४ जिल्लाका ८ हजार युवा सहभागी थिए ।

ब्रिगेड अफ गॊर्खजले २१८ जना जवानहरु ब्रिगेड अफ गॊर्खज र १४० जना जवानहरु गोर्खा कन्टिन्जेन्ट सिंगापुर पुलिसको लागि छनोट गरेको हो ।

छानिएका सिपाहीलाई बुधबार पोखरास्थित ब्रिटिस क्याम्पमा नेपालका लागि बेलायती राजदूत निकोला पोलिटको उपस्थितिमा ब्रिगेड अफ गोर्खाजका लेफ्टिनेन्ट जनरल रिचार्ड वार्डलले कसम परेड गराएका छन् ।

परेडमा ब्रिगेडियर द आरटी माननीय लर्ड ल्यान्कास्टर टीडी वीआर (डेपुटी कर्नल कमाण्डेन्ट ब्रिगेड अफ गोर्खा), कर्नल पल स्मिथ (कमाण्डर बीजीएन), र कर्नल डेभिड रोबिन्सन (गोर्खाहरूको कर्णेल ब्रिगेड) उपस्थित थिए ।

यसै गरी ब्रिगेडियर द आरटी माननीय लार्ड ल्यान्कास्टर टीडी वीआर (डेपुटी कर्नल कमाण्डेन्ट ब्रिगेड अफ गोरखा) , कर्नल पल स्मिथ (कमाण्डर बीजीएन), र कर्नल डेभिड रोबिन्सन (गोरखा कर्नल ब्रिगेड) पनि सहभागी भए ।

कोरोना महामारीका कारण गत वर्षदेखि क्षेत्रीय र अन्तिम छनोट पोखरामा हुँदै आएको छ । सन् १८१५ देखि ब्रिटिस आर्मीमा नेपाली युवा भर्ती गर्न थालिएको हो ।

यसअघि ‘इन्टेक–२०२०’ मा ब्रिटिस आर्मीमा ४ सय ३२ र सिंगापुरमा २ सय २० युवा भर्ती लिइएको थियो । कोरोना महामारीका कारण ‘इन्टेक–२०२१’ मा अघिल्लो वर्ष अन्तिम छनोटबाट बाहिरिएकालाई मात्र भिड्ने अवसर दिइएको थियो । जसमा ब्रिटिसमा ३ सय ४० र सिंगापुरमा १ सय ३४ जना भर्ती भएका थिए ।

274579060 830536818344526 4363126941438291918 n
British Gurkhas 2020
British Gurkhas Nepal
British Gurkhas selction
British Gurkhas
gurkha
Gurkha

तस्विर : सौजन्य ब्रिटिस गोर्खा नेपाल

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७