एमसीसीविरुद्ध नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त (तस्बिरहरू)


१२ फाल्गुन २०७८, बिहीबार
mcc nepal baneshwor 8

काठमाडौं, १२ फागुन। अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेश गरेको विरोधमा बिहीबार पनि काठमाडौंमा प्रदर्शन भएको छ ।

नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका विभिन्न राजनीतिक दलका भ्रातृ संगठनले नयाँ बानेश्वर क्षेत्रको सडकमा प्रदर्शन गरेको हो ।

नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त बनेको छ। सरकारले फागुन ८ गते संसदमा पेश गरेर एमसिसीमाथि छलफल सुरु गर्न लागेपछि सो क्षेत्र तनावग्रस्त बनेको हो। एमसिसीविरुद्धको आन्दोलनले तीनकुनेदेखि माइतिघरसम्मको सडक पूर्ण रुपमा प्रभावित बनेको छ।

सडकमा जम्मा भएको ठूलो भीड संसद भवनतर्फ अघि बढेपछि प्रहरीले रोक्न खोज्दा झडप भएको थियो । प्रहरीले प्रदर्शनकारीमाथि लाठी र अश्रुग्याँस हानेको थियो । प्रदशर्नकारीले गुलेली र ढुंगा हानेका थिए ।

हेर्नुस् तस्वीरहरु

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७