थोत्रा गाडीले ढाकियो सरकारी कार्यालयको परिसर (फोटो फिचर)


१४ फाल्गुन २०७८, शनिबार
Gadi 1

काठमाडौं । विभिन्न कामका लागि ल्याइएका गाडी विग्रिएपछि सरकारी कार्यालयका पार्किङमा थुप्रिएका छन् । मर्मत गरेर चलाउन सकिने अवस्थाका गाडी मर्मत नगरी नयाँ गाडी खरिद गर्दा बिग्रिएका गाडी थन्किन्छन् । सरकारी कार्यालयका परिसरमा वर्षौंदेखि सवारी साधन थन्किँदा कार्यालय थोत्रा गाडीका ग्यारेज जस्तै बनेका छन् ।

केही वर्षअघिसम्म सिंहदरवार परिसरमा बग्रेल्ती देखिने केही पुराना गाडी हटाइए पनि सिंहदरवार बाहिरका सरकारी कार्यालयमा पुराना गाडी अझै देखिन्छन् । पार्किङ र खुला ठाँउमा राखिएका यस्ता गाडी झारपातले ढाकिएका छन् । कार्यालय परिसरको कुनामा थुप्रिएका धुलाम्मे साइकल, मोटरसाइकल र जीप कारले परैबाट जिस्काइरहेका जस्तो देखिन्छ । वर्षौंदेखि थन्किएका गाडी मक्किएर काम नलाग्ने अवस्थामा पुगेका छन् ।

न्युज एजेन्सी नेपालका फोटोपत्रकारहरुले राजधानीको पुल्चोकस्थित सरकारी विभाग, कार्यालयहरु, बानेश्वरस्थित यातयात व्यवस्था विभाग परिसर, सडक विभाग र सिंहदरवार परिसरमा थन्किएका गाडिको तस्विर संकलन गरेर फोटो सामग्री तयार पारेका छन् ।
हेर्नुस् तस्विरहरु

Gadi 1 1
Gadi 2
Gadi 3
Gadi 4
Gadi 5
Gadi 6
Gadi 7
gadi 8
Gadi 9

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७