एमसीसीमा मध्यमार्ग हुँदैन : झलनाथ खनाल


१४ फाल्गुन २०७८, शनिबार
jhalanath khal

काठमाडौं । सत्ता साझेदार दल नेकपा (एकीकृत समाजवादी) का सम्मानित नेता झलनाथ खनालले यथास्थितिमा एमसीसी संसदबाट पारित नहुने बताएका छन् ।

आज (शनिबार) सिंहदरवारमा आफ्नो पार्टी र नेकपा (माओवादी केन्द्र) का नेताहरुसँग भएको छलफलपछि सञ्चारकर्मीहरुले राखेका जिज्ञासाको जवाफ दिने क्रममा नेता खनालले यथास्थितमा एमसीसी पास नहुने आफ्नो पार्टीको अडान रहेको दोहोर्‍याएका हुन् ।

‘एमसीसी यथास्थितिमा पास हुँदैन । हाम्रो अडान यो हो । यही अडानमा अहिले पनि हामी दृढतापूर्वक उभिएका छौं । सरकार छोडने बारेमा केही कुरा गरेका छैनौं । अब एमसीसीको मुद्दा कसरी टुंगिन्छ ? त्यसले धेरै कुराहरु निणर्य गर्छ’, नेता खनालले भने, ‘त्यसो हुनाले एमसीसीको मुद्दा अहिले पनि जारी छ । अहिले हामी पुरानै ग्राउण्डमा छौं ।’

पूर्व प्रधानमन्त्री समेत रहेका खनालले सरकार छोडने विषयमा पार्टीभित्र कुनै छलफल नभएको पनि बताए । उनले एमसीसी पारित गराउने र सत्तारुढ गठबन्धन पनि टुट्न नदिने मध्यमार्गी बाटोबारे आफू अनविज्ञ रहेको बताएका छन् । उनले सो बाटोको बारेमा कुन-कुन नेताबीच छलफल भएको हो भन्ने पनि आफूलाई थाहा नभएको बताए ।

नेता खनालले भने, ‘कस-कसले त्यो खोजेको हो ? त्यो खोजेको कुरा हामीसँग आईसकेको छैन, के के हुन मध्यमार्ग भनेर त्यो मध्यमार्गको कुरा हामीलाई थाहा हुँदैन । तर, दुईवटा मार्ग छन्- ‘एस’ वा ‘नो’ को मार्ग । हामी यथास्थितिमा ‘नो’ भन्छौं । राष्ट्रको हितमा हुने गरी संशोधन गरिए ‘एस’ भन्ने पक्षमा छौं ।’

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७