निवर्तमान उपसभामुख राप्रपा छोडेर एमालेमा प्रवेश


२९ आश्विन २०७४, आईतवार
गंगाप्रसाद यादव

काठमाडौं : राप्रपाका नेता तथा निवर्तमान उपसभामुख गंगाप्रसाद यादव नेकपा एमाले प्रवेश गरेका छन् । आइतबार बिहान एमाले अध्यक्ष केपी शर्मा ओलीको निवास बालकोटमा आयोजित एक कार्यक्रममार्फत यादव एमालेमा प्रवेश गरेका हुन् ।

गंगाप्रसाद यादव

बालकोटमा आयोजित एक कार्यक्रम एमालेमा प्रवेश गर्दे यादवले देशलाई माया गर्ने पार्टी एमाले भएको कारण आफू प्रवेश गरेको बताए । उनले भने, ‘राष्ट्रियता र राष्ट्रिय स्वाभिमानको पक्षमा एमाले मात्रै छ, त्यही भएर एमालेमा आएको हुँ ।’

राप्रपा नेपालबाट समानुपातिक सांसद बनेका यादव ०७२ असोज २९ गते उपसभामुख चयन भएका थिए । शनिबार मध्यरातबाट संसदको अवधि सकिएलगत्तै आइतबार बिहान यादव एमालेमा प्रवेश गरेका हुन् । उनी ०४८ मा राष्ट्रिय प्रजातन्त्र पार्टीका संस्थापक नेता थिए । पञ्चायत पृष्ठभूमिका यादव ०२७ मा युवक संगठनको अध्यक्ष, ०३३ मा सप्तरीको साविक जोगिनिया गाविसको अध्यक्ष हुँदै ०३५ मा राजविराजको प्रधानपञ्च बनेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७