एमसीसी राष्ट्रघाती भन्नेहरुलाई गगन थापाको आग्रह : धेरै झुट नबोलौं, हावादारी कुरा नगरौं


१५ फाल्गुन २०७८, आईतवार
Gagan thapa bSMYM2dVPS
फाइल् फोटो

काठमाडौं । सत्तारुढ नेपाल कांग्रेसका सांसद गगनकुमार थापाले एमसीसी सम्झौता नेपालको संविधानभन्दा माथि हुन्छ भनेर हावा कुरा नगर्न आग्रह गरेका छन् ।


प्रतिनिधिसभाको आज (आइतबार) को बैठकमा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिँदै सांसद थापाले विगतका सम्झौताहरुको फर्म्याटमै एमसीसी सम्झौता रहेकोले झुट नबोल्न एमसीसीको विरोध गर्दै आएका दलका सांसद र नेताहरुलाई आग्रह गरेका हुन् ।

’धेरै झुट नबोलौं, हामीले यहाँ आएर संविधानभन्दा माथि हुन्छ भन्देका छौं यो हदसम्मको हावादारी कुरा गर्ने ?,’ उनको प्रश्न थियो, ‘नेपालको संविधानभन्दा माथि केही हुन्छ ? अनि नेपालको कानुनसँग सन्धिमा भएको कुरा बाझियो भने सन्धि लागू हुन्छ भन्ने ? अहिल्यै गएर अरु दिनको सम्झौता पल्टाएर हेर्नुस् त । मेलम्चीको सम्झौता पल्ट्याएर हेर्नुस् त । सबै सम्झौताको स्ट्यान्डर्ड फर्म्याट होइन ? ।’

सांसद थापाले तत्कालीन प्रधानमन्त्री स्व.सुशील कोइराला बाहेकका संसद्मा उपस्थित सबै दलको सरकारका पालामा एमसीसी सम्झौताको विषयमा केही न केही निणर्य भएको समेत बताएका छन् । उनले पूर्व प्रधानमन्त्री तथा पूर्व मन्त्रीहरुलाई आफ्नो मन्त्रिपरिषद्ले गरेका निणर्यहरु पल्टाएर हेर्न आग्रह गर्दै संसद् र जनता सामु झुट नबोल्न आग्रह गरे ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७