एमसिसीको विरोधमा प्रदर्शन चर्किएपछि कर्फ्यू


१६ फाल्गुन २०७८, सोमबार
surkhet

सुर्खेत : जिल्ला प्रशासन कार्यालय सुर्खेतले सदरमुकाम वीरेन्द्रनगरमा कर्फ्यू जारी गरेको छ । अमेरिकी सहयोग परियोजना एमसीसी सम्झौता अनुमोदनको विरोधमा प्रदर्शन चर्किएपछि वीरेन्द्रनगरमा कर्फ्यू लगाइएको हो ।

प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सोमबार बेलुका सवा ८ देखि मंगलबार बेलुका ७ बजेसम्मका लागि कर्फ्यू आदेश जारी गरेका हुन्। उत्तरमा कपासे, दक्षिणमा काँक्रेबिहार, पूर्वमा सुब्बा कुना र पश्चिममा बाङ्गेसिमल क्षेत्र तोकेर कर्फ्यू आदेश जारी गरिएको हो ।

एमसीसी सम्झौता अनुमोदनको विरोधमा नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेकपासहित ६ दलले गरेको विरोधी प्रदर्शन चर्किएको थियो । सोमबार बिहान ६ बजेदेखि नै सुर्खेत सदरमुकाम वीरेन्द्रनगरको सडकमा नाराबाजी गरेका बन्दकर्ताले कांग्रेस, माओवादी केन्द्र र नेकपा एमालेको पार्टी कार्यालयमा तोडफोड र आगजनी समेत गरेका थिए ।

नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, मोहनविक्रम सिंह नेतृत्वको नेकपा मसाल, मोहन वैद्य नेतृत्वको नेकपा क्रान्तिकारी माओवादी, चित्रबहादुर केसी नेतृत्वको राष्ट्रिय जनमोर्चा, सीपी गजुरेल नेतृत्वको देशभक्त जनगणतान्त्रिक मोर्चा, ऋषि कट्टेल नेतृत्वको नेकपा, आहुति नेतृत्वको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाललगायतले सोमबार बन्दको आह्वान गरेको थियो ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७