गौशाला-चाबहिल रुटमा आज सवारी प्रवेश निषेध


१७ फाल्गुन २०७८, मंगलवार
pashupati sawari 768x404 1

काठमाडौं । महाशिवरात्रिको दिन आज (मंगलबार) महानगरीय ट्राफिक महाशाखाले पशुपति आसपासका क्षेत्रमा सार्वजनिक सवारी प्रवेश निषेध गरेको छ ।

दर्शनार्थीहरुको सहजताका लागि ६ ठाउँमा पार्किङको व्यवस्थापन मिलाइएको महाशाखाले जानकारी दिएको छ । जसअनुसार सिफल चौर, गुह्येश्वरी पारि, पशुपति विकास कोषको कार्यालय, भण्डारखाल र अमालकोट, तीलगंगा करिडोर, महानगरीय प्रहरी वृत्त गौशाला (सुरक्षा निकाय) मा पार्किङ गर्न पाइनेछ ।

पशुपतिनाथ परिसरमा लाखौं भक्तजन उपस्थित हुने भएकाले कालोपुल, चावहिल, मित्रपार्क, सेतो पुल, गौरीघाटबाट गौशालातर्फ जाने आउने सवारीसाधनमा प्रवेश निषेध गरिएको छ । त्यसै गरी पुरानो बानेश्वर, भिमसेनगोला, सिनामंगल, तिलगंगाबाट गौशालातिर आउने सवारीलाई पनि रोक लगाइएको छ । सेतोपुल, कालोपुलबाट ठूला सवारीसाधन प्रवेशै गर्न पाउने छैनन् ।

टाढा टाढाबाट भक्तजनहरु आउने भएकाले उनीहरुको सुविधाका लागि निजी तथा अन्य प्रकारका सवारी साधनलाई भने निर्वाध आवतजावतको व्यवस्था मिलाइएको महाशाखाले जनाएको छ ।
हेर्नुस् नक्सामा

pashupati route22 WTQlBzn1uo

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७