सर्दुखोला किनारका घर-टहरा भत्काइने


१७ फाल्गुन २०७८, मंगलवार
tahara 1024x576 1024x576 1

सुनसरी । सुनसरीको धरान उपमहानगरपालिकाले २०७२ यता अनधिकृत रूपमा टहरा बनाएर बसेकालाई हटाउने निणर्य गरेको छ ।

धरान-१७ स्थित सर्दुखोला किनार आसपासका क्षेत्रमा अनधिकृत रूपमा सार्वजनिक जग्गा अतिक्रमण गरी घर र टहरा बनाउने कार्य नरोकिएकाले त्यसलाई हटाउने निणर्य गरिएको हो । आइतबार प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवको उपस्थितिमा बसेको सर्वपक्षीय बैठकले यस्तो निणर्य गरेको धरान उपमहानगरपालिकाका प्रमुख तिलक राईले जानकारी दिए ।

सर्वपक्षीय बैठकले २०७२ सालपछि सार्वजनिक जग्गा अतिक्रमण गरी बसेका बस्ती क्रमबद्ध रूपमा हटाउने निणर्य गरेको उनको भनाइ थियो । उक्त कार्यको सुरूआत वडा नं १७ स्थित नयाँ अतिक्रमित क्षेत्रबाट गरिने भएको छ । धरान उपमहानगरपालिका वडा नं १७ देवीथान र कालापानीलगायत विभिन्न खोलाको किनारा, बगर र बहाव क्षेत्र अतिक्रमण गरी रातारात बस्ती बस्ने क्रम नरोकिएकाले स्थानीय राजनीतिक दलका पदाधिकारी तथा सरोकारवाला निकायका पदाधिकारीको सहभागितामा उपमहानगरले छलफल गराएको थियो ।

खुला क्षेत्र र सार्वजनिक जग्गाको संरक्षणमा अवरोध पुग्नाका साथै नगरको सुन्दरता नै कुरूप हुनेगरी गरिएको अतिक्रमण हटाउनु पर्नेमा सबैले बैठकमा प्रतिबद्धता जनाएका थिए । सुकुम्बासीको नाममा खुला क्षेत्र र खोला किनार अतिक्रमण गरी बस्ती बसाउने क्रम बढेको र उनीहरूलाई दलका नेताहरूले नै उक्साउने गरेको पाइएको बताइएको थियो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७