युक्रेनमा बिरामी र युद्धका घाइतेका लागि अक्सिजनको चरम अभाव


१७ फाल्गुन २०७८, मंगलवार
Ukrain

किभ । युक्रेनमा कोभिड-१९ बाट संक्रमित अन्य रोगबाट सिकिस्त बिरामी तथा रुसी आक्रमणमा घाइते व्यक्तिहरूका उपचारका लागि अत्यावश्यक अक्सिजनको अभाव भयावह तरिकाले बढ्दै गइरहेको विश्व स्वास्थ संगठन (डब्ल्यूएचओ) ले जनाएको छ ।

मुलकको राजधानी किभलगायत अन्य स्थानका अक्सिजन प्लान्टहरूबाट अक्सिजन सिलिन्डर ट्रकमा राखेर अस्पतालहरूमा ढुवानी गर्ने स्थिति नरहेकाले आगामी २४ घण्टामा अक्सिजनको स्टक सकिने खतरा रहेको बताइएको छ ।

डब्लयूएचओले पोल्यान्डमार्फत तत्काल अक्सिजन सिपमेन्ट पठाउनका लागि साझेदारहरूसँग काम भइरहेको जनाएको छ ।
डब्ल्यूएचओका महासचिव टेड्रोस अधानोम घेब्रिएसस तथा युरोपका लागि डब्ल्युएचओका क्षेत्रीय निर्देशक ह्यान्स क्लुजले अक्सिजन आपुर्तिको अवस्था निकै खतरनाक मोडमा पुगिसकेको स्पष्ट पारेका छन् ।

डब्ल्यूएचओले युक्रेनका थुप्रै अक्सिजन उत्पादन काराखानामा सुरक्षित चिकित्सकीय अक्सिजन उत्पादनका लागि महत्वपूर्ण एवं आयातमा आधारित रासायनिक पदार्थ जियोलाइटको पनि निकै अभाव भइरहेको जनाएको छ । यसका साथै अहिले युक्रेनका अस्पतालहरूमा विद्युत तथा ऊर्जाको अभाव हुने खतरा पनि बढिरहेको छ । एजेन्सी

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७