रुसका सबै क्लब र राष्ट्रिय टोलीमाथि फिफाले लगायो प्रतिबन्ध


१७ फाल्गुन २०७८, मंगलवार
Russia football ban oZihOvj23e

काठमाडौं । अन्तर्राष्ट्रिय फुटबल महासंघ (फिफा) र युरोपेली फुटबल नियामक यूईएफएले रुसका सबै क्लब र राष्ट्रिय फुटबल टोलीमाथि प्रतिबन्धको निर्णय गरेका छन् ।

रुसले युक्रेनमाथि गरेको आक्रमणको विषयलाई लिएर फुटबल नियामकले यस्तो प्रतिबन्ध लगाएका हुन् । नियामकहरुले अर्को सूचना नआउँदासम्मको लागि यो प्रतिबन्ध कायम रहने उल्लेख गरेका छन् ।

योसँगै रुसको पुरुष फुटबल टोलीले आगामी महिनामा हुने विश्वकप छनोटको प्लेअफ खेल्न पाउने छैन । महिला टोलीलाई आगामी गर्मीयाममा हुने युरो कम्पिटिसनबाट रोक लगाइएको छ । त्यस्तै स्पार्तक मस्को क्लब युरोपा लिगबाट बाहिरिएको छ । अन्तिम १६ को खेलअघि गरिएको यो निणर्यले उसको विपक्षी आरबी लेइपजिग क्वार्टर फाइनलमा पुगेको छ ।

यूईएफएले रुसी ऊर्जा कम्पनी गाजप्रोमसँगको प्रायोजन सम्झौता तोडेको छ । फिफा र यूईएफएले संयुक्त विज्ञप्ति जारी गर्दै फुटबल अहिले पूर्ण संगठित रहेको र युक्रेनका मानिसहरुप्रति पूर्ण ऐक्यबद्धता रहेको उल्लेख गरेका छन् । यसअघि फिफाले रुसको राष्ट्रिय झण्डा र राष्ट्रिय गीत विना नै रुसको टोलीलाई खेल्न दिने निणर्य गरेको थियो तर केही मुलुकले यो निणर्य पर्याप्त नभएको भन्दै रुससँग फुटबल नखेल्ने घोषणा गरेका थिए ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७