रुस-युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन

तत्काल युद्धविराम र सेना फिर्ता गर्नुपर्ने युक्रेनको शर्त


१७ फाल्गुन २०७८, मंगलवार
Russia Ukraine talks kick off in Belarus roUkzTesys

काठमाडौं । रुस र युक्रेनबीचको पहिलो चरणको वार्ता निष्कर्षविहीन भएको छ । दुई देशबीच द्वन्द्व अन्त्य गर्ने उद्देश्यले भएको पहिलो चरणको वार्ता कुनै सम्झौता विना नै सकिएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् ।

रुसी प्रतिनिधि मण्डलको नेतृत्व गरेका भ्लादिमिर मेडिन्स्कीले युक्रेनी अधिकारीसँग झण्डै पाँच घण्टा वार्ता भएको तर वार्तामा कुनै प्रगति हुन नसकेको बताएको अल जजिराले जनाएको छ । युक्रेनी राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीका शीर्ष सल्लाहकार मिखाइलो पोडोल्याकले वार्ता सम्भावित युद्ध विराममा केन्द्रित भएको र दोस्रो चरणको वार्ता छिट्टै हुनसक्ने प्रतिक्रिया दिएका छन् ।

युक्रेनको सीमा नजिक बेलारुसमा भएको पहिलो चरणको वार्तामा युक्रेनले रुसले तत्काल युद्धविरामको घोषणा गर्नुपर्ने र आफ्ना सेना फिर्ता गर्नु पर्ने शर्त राखेको थियो । युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले यसअघि नै वार्ताले सकारात्मक नतिजा दिनेमा आफूलाई विश्वास नभएको बताएका थिए ।

रुसले युक्रेनमा आक्रमण गरेको आज छैटौं दिन हो । पाँचौं दिन रुसी सेनाले युक्रेनको दोस्रो ठूलो शहर खार्किभको आवासीय क्षेत्रमा आक्रमण थालेपछि वार्ता शुरु भएको थियो । खार्किभको आवासीय क्षेत्रमा आक्रमण पछि कम्तीमा ११ जनाको ज्यान गएको युक्रेनको रक्षा मन्त्रालयले जनाएको छ ।

रुसी सेनाले दक्षिण-पूर्वी युक्रेनका दुई साना शहर र आणविक ऊर्जा केन्द्र वरपरको क्षेत्र कब्जा गरेको जनाएको छ । अहिले पनि युक्रेनमा आक्रमणका घटना भइरहेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७