सेनाले आफूलाई आधुनिकीकरण गर्दै लैजाने उपराष्ट्रपतिको विश्वास


१७ फाल्गुन २०७८, मंगलवार
nanda bahadur pun

काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनले शिवरात्रि पर्वले सबै नेपालीबीच आपसी सद्भाव, सहिष्णुता र भाइचारा अभिवृद्धि हुँदै जाने विश्वास व्यक्त गरेका छन् ।

हिन्दू धर्मावलम्बीको पवित्र पर्व महाशिवरात्रिका अवसरमा शुभकामना दिँदै उनले हिन्दू धर्मावलम्बी र स्वदेश तथा विदेशमा रहेका नेपाली दिदी-बहिनी तथा दाजुभाइमा शुभकामना व्यक्त गरेका छन् ।

उपराष्ट्रपति पुनले नेपाली सेनाले आफूलाई सुदृढ, सशक्त र समयसापेक्ष आधुनिकीकरण गर्दै लैजाने विश्वास व्यक्त गरेका छन् । उनले नेपाली सेना दिवसको अवसरमा नेपाली सेनाका प्रधानसेनापतिसहित सकल दर्जामा बधाई तथा शुभकामना व्यक्त गरेका छन् । आज महाशिवरात्रि पर्व तथा नेपाली सेना दिवस हो । रासस

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७