युक्रेनको राजधानी किभ नजिकै रुसी सेनाका गाडीको ४० माइल लामो लावालस्कर


१७ फाल्गुन २०७८, मंगलवार
Russia millitry vechiles WwY1PZwr3N

किभ । युक्रेनको राजधानी शहर किभ नजिकै ४० माइल लामो रुसी सेनाका गाडीको लस्कर देखिएको छ । किभभन्दा उत्तरतर्फको इभानकिभ शहर नजिकैबाट उक्त लस्कर शुरु भएको तस्विर सार्वजनिक भएको छ ।

अहिले सार्वजनिक भएका स्याटेलाइट तस्बिरहरु सोमबार दिउँसोभन्दा पहिले लिइएको हो । तस्बिरमा रुसी सेनाका गाडीको लस्कर किभभन्दा करिब २७ किलोमिटर टाढा रहेको एन्टोनोभ विमानस्थलसम्म पुगिसकेको देख्न सकिन्छ ।

स्याटेलाइट तस्बिर कम्पनी मेक्सारका अनुसार यो लस्करमा सयौं बख्तरबन्द, ट्यांक, तोप र रासन सामग्री बोकेका गाडीहरु छन् । रुसले गत बिहीबारदेखि युक्रेनमाथि आक्रमण शुरु गरेको थियो । तर, युक्रेनले त्यसको सशक्त प्रतिकार गरिरहेको छ ।

दुई मुलुकबीच सोमबार भएको वार्तामा युक्रेनले तत्काल युद्धविरामको माग गरेको थियो । यद्यपि पाँच घण्टा चलेको वार्ताले कुनै निष्कर्ष भने निकाल्न सकेन । वार्ताले युद्धको अन्त्य हुने आशा भने देखाएको प्रतिनिधिहरुले उल्लेख गरेका छन् ।

प्रतिक्रिया
  • प्रधान सम्पादक
  • राजेश राई
  • कार्यकारी सम्पादक
  • राजु शिवा
  • सूचना विभाग दर्ता नं.
  • १८०२/२०७६-७७